News Portal

  • सिटिजन्स बैंकका ग्राहकले थप दुई संस्थाको सेवामा आकर्षक छुट पाउने

    आर्थीकसंसार संवाददाता२५ असार, २०८०
    १९८ पटक
    २५ असार, २०८०

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, र बुटवल स्थित होटेल दा फ्लामीङगो प्रा.लिमा छुट पाउने भएका छन् ।
    उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
    हालसम्म बैंकले १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्