News Portal

  • नेपाल एसबीआई बैंक ३१ औं वर्षमा

    आर्थीकसंसार संवाददाता२२ असार, २०८०
    १८५ पटक
    २२ असार, २०८०

    काठमाडौं । नेपाल एसबीआई बैंक स्थापनाको ३१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले शुक्रबार कर्मचारीसँग ३० औं वार्षिकोत्सव मनाएको छ ।
    यस अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ एनएसबीएलका सबै कर्मचारीहरूले र्बैकको विकासको लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
    कार्यक्रमलाई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले र डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरेका थिए ।
    यसका साथै, उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम शुक्रबार र सनिबार आयोजना गरेको छ ।
    बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्