News Portal

  • सनराइजको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा सञ्चालन

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    ११०४ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । सनराइज बैंकले रुपन्देहीको तिलोत्तमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ उक्त स्थानमा ५१औं शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको हो ।
    सो सेवा बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा–६ को सदस्य संगीता गुरुङले गरेका थिए । समारोहमा प्रमुख अतिथि गुरुङ र कार्यक्रमका सभापति तथा मणिग्राम शाखाका शाखा प्रबन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । यो मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्