News Portal

  • युनाइटेड अजोड इन्स्योरेन्सले घरभाडामा दिने

    आर्थीकसंसार संवाददाता१९ असार, २०८०
    २५० पटक
    १९ असार, २०८०

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले घर भाडामा दिने भएको छ । कम्पनीको नाममा लिजहोल्डमा कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्लामा ५ हजार  वर्गफिट क्षेत्रफल भाडामा दिने भएको हो ।

    भौतिक पूर्वाधार तयारी अवस्थामा रहेकोले, सुरक्षा तथा पार्किङको व्यवस्था रहेको । भाडामा लिन इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा, सहकारी, व्यक्ति, फर्म, कम्पनी वा अन्य संघसंस्थाले मासिक के कति भाडादरमा र कति वर्षका लागि लिन सकिने हो सो समेत उल्लेख गरि सूचना जारी भएको १५ दिनभित्र कार्यालय खुलेको समय बेलुका ५ बजेसम्ममा खामबन्दी प्रस्ताव निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

    No description available.
    प्रतिकृया दिनुहोस्