News Portal

  • कामना सेवा विकास बैंकले विद्यार्थीलाई दियो पोशाक

    आर्थीकसंसार संवाददाता१९ असार, २०८०
    १७९ पटक
    १९ असार, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
    बैंकले शाखा कार्यालय दमक मार्फत झापा जिल्ला कमल गा.पा वडा नं. ५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई सोमबार पोशाक हस्तान्तरण गरेको छ ।
    उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहिन, बाढिपिडित, सुकुम्वासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरिएको छ ।
    बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिम लाल भुषालले श्री गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनाललाई उक्त पोशाकहरु हस्तान्तरण गरेका थिए ।
    कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
    यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

    प्रतिकृया दिनुहोस्