News Portal

  • प्रभु बैंकका ग्राहकले कमलादीको स्काई वाकटावरबाट अवलोकन गर्न पाउने, वन्डर्स नेपालसँग गर्यो सम्झौता

    आर्थीकसंसार संवाददाता१७ असार, २०८०
    २४७ पटक
    १७ असार, २०८०

    काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रलिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ । दुबै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना गर्नको लागि दुई संस्थाबीच सम्झौता भएको हो ।
    सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुरुप बैंकले वन्डर्स नेपालको परिसरमा एर्टीएम, क्युआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ ।
    यससँगै, ग्राहक तथा सवैसाधारणले वन्डर्स नेपालअन्तर्गत काठमाडौंको कमलादीस्थित स्काई वाकटावरमा गई आनन्दमय दृश्य अवलोकन गर्न सक्नेछन् । साथै, यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकको विश्वास छ ।

    प्रतिकृया दिनुहोस्