News Portal

  • एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ असार, २०८०
    २७८ पटक
    १६ असार, २०८०

    विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ ।
    सत्रौं वार्षिक साधारणसभाले सस्थापक समूहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरुमा महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेको छ । उक्त सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी गणेश प्रसाद खनाललाई सम्मान गरिएको छ । प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सो बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
    चाँडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने बैंकले जनाएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।
    यस वैंकको हालसम्म कर्जा लगानी करिब १० अर्व ८० करोड र निक्षेप संकलन १३ अर्व २५ करोड रहेको छ । सञ्चालक समितिका अध्यक्ष श्री महेन्द्र कुमार गोयलले उदघाट्न गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले गरेका थिए । कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।
    सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए भने संस्थापक शेयरधनीहरु सुरेश कुमार अग्रवाल र गणेश प्रसाद खनालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्