काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । सो सम्बन्धमा बैंक र जि.डब्लु.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि बीच सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा भिजी इम्पेक्स-जि.डब्लु. एम नेपालका भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
दुई कम्पनीबीच जिडब्लुएमको इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता भएको हो ।
उक्त सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जि.डब्लु.एमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले आईसीई मोडललाई १२.९० प्रतिशत र ईभीको लागि १२.१५ प्रतिशत ब्याजदरमा ५० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकका अनुसार दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ । दुई पक्षबीच भएको सम्झौताले ठूलो संख्यामा अटोमोबाइल प्रेमीहरूले जि.डब्लु.एम नेपालबाट नै आफुलाई मनपर्ने गाडी सजिलै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
नबिल बैंकले जिडब्लुएमका गाडी किन्न लोन दिने, ७ वर्षसम्म पाइने
आर्थीकसंसार संवाददाता१५ असार, २०८०
१५ असार, २०८० - क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो