News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ पदमुक्त

    आर्थीकसंसार संवाददाता१३ असार, २०८१
    ४८ पटक
    १३ असार, २०८१

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह पदमुक्त भएका छन् । ४ वर्षे कार्यकाल छँदै सीईओ शाह पदमुक्त भएका हुन् ।

    कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि लागु हुने गरी सीईओ शाहलाई पदमुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुब प्रसाद न्यौपानेले बताए । उनका अनुसार संचालक समितिका अध्यक्षको निर्देशन बमोजिम पुल्चोक ललितपुरमा बुधबार साढे ३ बजे बैठक आह्वान गरेको थियो ।

    सोही बैठकले सीईओ शाहलाई पदमा वहाल नरहने गरी निर्णय गरेको उनले बताए । सीईओ शाह वि.सं २०७८ फागुन १ गते कम्पनीको सीईओमा नियुक्त भएका थिए ।

    साथै नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्