News Portal

  • सिटिजन्स बैंकद्धारा साथ हकुना मटाटालाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१५ असार, २०८०
    १६४ पटक
    १५ असार, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साथ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको साथ हकुना मटाटालाई आर्थिक सहयोग गरेको हो ।
    बैंकले साथलाई एक लाख बत्तिस हजारको चेक हस्तान्तरण गरेको छ । साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ । जहाँ आर्थिक रूपमा बिपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ । बचत खाता खोलि वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ । सोही रकमबाट उक्त बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगयतका अवश्यक क्षेत्रमा प्रयोग गर्दछ ।
    एक समारोहका बीच बैंकले एक लाख बत्तिस हजारको चेक साथका कार्यक्रम प्रबन्धक समिक्षा शर्मालाई हस्तान्तरण गरेको छ । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कार्यक्रम प्रबन्धक समिक्षा शर्माले जानकारी दिईन् ।

    प्रतिकृया दिनुहोस्