News Portal

  • बीमा अभिकर्ता र सर्भेयरले असारभित्रै लाइसेन्स नवीकरण गर्नुपर्ने, नत्र खारेज हुने

    आर्थीकसंसार संवाददाता१४ असार, २०८०
    १५५ पटक
    १४ असार, २०८०

    काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरले असार महिना भित्रमा आफ्नो लाइसेन्स नवीरकण गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार २०७९ कार्त्तिक २१ गतेभन्दा अघि दर्ता तथा नवीकरण गरेका सम्पूर्ण अभिकर्ता तथा सर्भेयरले आगामी असार मसान्त भित्र नवीकरण गर्नुपर्ने भएको हो ।
    ‘२०८० साल असार मसान्तसम्म मात्र आफ्नो इजाजत पत्र नवीकरण गराउन सकिने कानुनी व्यवस्था रहेको’ प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले बताए ।
    यदि तोकिएको समयभित्रमा लाइसेन्स नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वतः रद्द हुने प्राधिकरणले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्