News Portal

  • रेलको उपकरण जीटुजी विधिबाट खरिद गर्न सरकारको सहमति, यस्ता छन् मन्त्रिपरिषदका १२ निर्णय

    आर्थीकसंसार संवाददाता१२ पुष, २०८१
    १२ पटक
    १२ पुष, २०८१

    काठमाडाैं । सरकारले रेलको उपकरण खरिद गर्दा सरकार तथा सरकार (जीटुजी) विधिबाट खरिद गर्ने सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्तिपरिषदको बैठकले रेलको सञ्चालन र मर्मतका लागि आवश्यक उपकरण खरिद गर्दा जीटुजी विधिबाट खरिद गर्न सहमति प्रदान गरेको हो ।

    यसैगरी, उक्त बैठकले राष्ट्रिय खेलकुद परिषदको सदस्यमा शान्तिकुमारी चौधरी, आनन्द कुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्द बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    यस्तै, मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमति नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

    मंगलबारको बैठकले १२ वटा निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्