News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा कर्पोरेट कार्यालयमा बालबालिकाको डे केयर सेवाकाे शुरुवात

    आर्थीकसंसार संवाददाता१२ असार, २०८०
    २६५ पटक
    १२ असार, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले काठमाडौं बानेश्वर स्थिति कर्पोरेट कार्यालयमा बालबच्चाको हेरचाहको लागि डे केयर सेवा शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले उक्त सेवाको उद्घाटन गरेकी थिइन् ।
    बैंकले सन् २०१३ देखि सञ्चालनमा ल्याएको सो सेवा कोरोना महामारीका कारण अस्थायी रुपमा बन्द हुन पुगेको थियो । सो सेवाको सञ्चालनले बैंकमा काम गर्ने महिला कर्मचारीहरुका छ महिनादेखि तीन वर्षसम्मका बालबालिकालाई हेरचाह गर्न सघाउ पुर्याउने बैंकले जनाएको छ ।
    साथै, सो सेवाले बैंकमा काम गर्ने महिला कर्मचारीहरुले आफ्नो काममा केन्द्रित भएर काम गर्न सक्ने अपेक्षा बैंकले गरेको छ । डे केयर सेवाको उद्घाटनपछि डेपुटी गभर्नर ढुंगानाले बैंकमा कार्यरत महिला कर्मचरीहरुसँग छलफल गरेकी थिइन् । महिला कर्मचारीहरुलाई काममा उत्प्रेरित भएर लाग्न बाल हेरचाह सेवाले ठूलो सहयोग पुर्याउने उनले बताएकी थिइन ।
    त्यस्तै, बैंकका कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले मुख्य कार्यालयको परिसरभित्र शुरु गरिएको डे केयर सेवाले महिला कर्मचारीहरुलाई आफ्ना बालबालिकाको नजिक रहेर काम गर्न सहयोग पुर्याउने बताउँदै बैंक आफ्ना स्टाफहरुको कल्याण र मानसिक स्वास्थ्यप्रति प्रतिबद्ध रहेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्