News Portal

  • झलनाथ खनालले फिर्ता गरे दशैं भत्ता

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १०३० पटक
    ४ कार्तिक, २०७७

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदसमेत रहेका खनालले सोमबार दशैं भत्ता फिर्ता गरेका हुन् ।
    खनालले दशैं भत्तावापत आफ्नो खातामा आएको रकम संसद् सचिवालयलाई फिर्ता गरेका हुन् । व्यापक आलोचनापछि सांसदहरुले भत्ता फिर्ता सुरु गरेका छन् ।
    प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने यसअघि नै सरकारले निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्