News Portal

  • समृद्धि फाइनान्सको नयाँ शाखा महोत्तरीको औरहीमा उद्घाटन

    आर्थीकसंसार संवाददाता६ असार, २०८०
    १५३ पटक
    ६ असार, २०८०

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दसौं शाखाको रुपमा शाखा कार्यालय औरही, महोत्तरीमा समुद्घाटन सम्पन्न भएको छ । औरही नगरपालिकाका मेयर प्रदिप कुमार खडका र समृद्धि फाईनान्स लि.का संचालक दुर्गा थापाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
    फाईनान्सको संचालक दुर्गा थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा औरही नगरपालिकाको मेयर प्रमुख अतिथिको रुपमा रहेका थिए । संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा, औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग बाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदिप कुमार खडका लगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै वैकको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
    उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल दस वटा पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्