News Portal

  • पिछडिएको वर्गलाई वित्तीय क्षेत्रमा सहभागी गराउन एनबीए र यूएसएआईडीले गरे सम्झौता

    आर्थीकसंसार संवाददाता५ असार, २०८०
    १६२ पटक
    ५ असार, २०८०

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका हुन् ।
    सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरुमा संवाद सञ्चालन गर्ने छ । साथै नीतिगत मुद्दाहरु र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरुसंग छलफल गरी उनीहरुको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा दुबै पक्षले जोड दिनेछन् । प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी (एसएमई) र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।
    बैंक तथा वित्तीय संस्थाहरुबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ्ग कारोबारसँग सम्बन्धित नीति तथा पद्घतिमा एकरुपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुको एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो ।
    त्यसैगरी, यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रवद्र्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरुसंगको सहकार्यमा अघि बढाइएको परियोजना हो ।

     

    प्रतिकृया दिनुहोस्