News Portal

  • तिनाउ मिसन बैंकको हकप्रद अस्वीकृत

    आर्थीकसंसार संवाददाता२३ साउन, २०७७
    ७९१ पटक
    २३ साउन, २०७७

    काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको बसेको १३औं साधारणसभाले निर्णय गरेको प्रस्तावित हकप्रद राष्ट्र बैंकले अस्वीकृत गरेको छ । बैंकले ३ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको हो ।
    बैंकको १३औ साधारणसभाले १२ प्रतिशत लाभांश र ३ः१ को अनुपातमा हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले हकप्रद अस्वीकृत गरेसँगे बैंकको जारी पुँजी र चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख काम भएको छ । बैंकले लाभांश र हकप्रद गरी चुक्ता पुँजी र जारि पुँजी २ अर्ब ४१ करोड ७५ लाख कायम गर्नको प्रबन्धपत्रमा संशोधन गर्न स्वीकृति माग गरेको थियो ।

    प्रतिकृया दिनुहोस्