News Portal

  • उपकुलपति मार्फत किरणले दिए मप विश्वविद्यालय  स्थापना दिवसको शुभकामना 

    आर्थीकसंसार संवाददाता३ असार, २०८०
    ३१० पटक
    ३ असार, २०८०
    काठमाडौं । राप्रपा युवा नेता रवि किरण हमालले मध्यपश्चिम विश्वविद्यालयलाई स्थापना दिवसको शुभकामना दिएका छन् ।
    उपकुलपति प्रा.डा नन्द बहादुर सिंहलाई टेलिफोन गरेर विश्वविद्यालय परिवारलाई शुभकामना दिएका छन् ।
    १३ औं स्थापना दिवसको अवसरमा किरणले विश्वविद्यालयको बृहत् हितको लागि सदैव अग्रसर हुने बताएका छन् ।
    जिल्ला विकास समिति सुर्खेतको नेतृत्वमा २०५२ सालमा मध्यपश्चिम विश्वविद्यालय स्थापनाको औपचारिक यात्रा सुरु भएको हो । सोही वर्ष दाङमा भएको जिल्ला विकास समिति महासंघ नेपालले सुर्खेतमा विश्वविद्यालय स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।
    बि.स २०६७ असार ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन जारी भएको थियो । विश्वविद्यालयले उपकुलपति भर्ना भएको एक वर्षपछि २०६९ सालको हिउँद बाट सेमेस्टरमा आधारित कार्यक्रम सुरु गरेको हो । मध्यपश्चिम विश्वविद्यालयमा हाल   शिक्षा,कानुन,व्यवस्थापन,बिज्ञान तथा प्रविधि,मानविकी तथा समाजशास्त्र र इन्जिनियरिङ गरेर ६ वटा संकायमा पठनपाठन भैरहेको छ ।
    प्रतिकृया दिनुहोस्