News Portal

  • नेप्सेको अध्यक्षमा भुपाल बराल

    आर्थीकसंसार संवाददाता३ असार, २०८०
    १६४ पटक
    ३ असार, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् । जेठ ३२ गतेको मन्त्रीस्तरिय निर्णयले अर्थ मन्त्रालयका सहसचिव बराल नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् ।
    वित्तीय क्षेत्र व्यस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख समेत रहेका अध्यक्ष बरालले आइतवार देखि कार्यभार सम्हालेका हुन् । । बराल अध्यक्ष भएपछि नेप्सेको पुनःसंरचनामा जाने विषयमा थप चासो बढेको छ ।
    यसअघि अध्यक्ष रहेका सहसचिव चक्र बुढाको पर्यटन मन्त्रालयमा सरुवा भएपछि एक महिनादेखि अध्यक्ष पद रिक्त थियो ।

     

    प्रतिकृया दिनुहोस्