News Portal

  • रिलायबल नेपाल लाइफको सभाले पारित गर्यो अघिल्लो आवको वित्तीय विवरण

    आर्थीकसंसार संवाददाता१ असार, २०८०
    १८२ पटक
    १ असार, २०८०

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार १ गते कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
    सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । सभामा सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले दिएका थिए ।

    प्रतिकृया दिनुहोस्