काठमाडौं । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ ।
डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ। त्यस्तै बैंकले ऋण पत्र निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ ।
बैंकले डिबेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् ।
समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
नबिल बैंकले हाल देशका सातवटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
आर्थीकसंसार संवाददाता३१ जेठ, २०८०
३१ जेठ, २०८०- सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम
- सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी
- महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
- उत्पादत्व वृद्धिका लागि परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव
- अग्राधिकार शेयरः प्राथमिक पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई उत्तम विकल्प
- शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक
- ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै, साना व्यवसाय प्रर्वद्धन गरिने
- सन नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी
- होटल हिमालयमा प्रभु बैंकका ग्राहकलाई छुट
- हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ पदमुक्त