कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिना धितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले पाँच लाखदेखि १५ लाखसम्म विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह गर्ने जनाएको छ । कार्यक्रमअनुसार कर्जा प्रवाह गर्दा मासिक वा त्रैमासिक रुपमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको बैंकको शाखाका प्रबन्धक बाबुराम खरेलले बताए ।
कर्जा माग्ने कर्मचारी तीन वर्षको स्थायी हुनुपर्ने र सेवा निवृत्त हुन पाँच वर्षको अवधि बाँकी भएमा कर्जा प्रवाह गर्न सकिनेछ शाखा प्रबन्धक खरेलले भने, ‘स्थायी कर्मचारीको चार वर्षको तलब स्केलअनुसार बैंकले न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्नेछ ।’
बिनाधितो कर्जाका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता माध्यमिक विद्यालयसँग बैंकले सम्झौतासमेत गरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कर्जा प्रवाहका लागि बैंकले सम्झौता गरेको हो । बैंकले हाल सुन कर्जा, पेन्सन बुझ्ने खाता, राजस्व बुझाउने सुविधा, सञ्चय कोष, नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने सुविधा, डिमेट सुविधा, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क एटिएम कार्डलगायतका सेवा ग्राहकलाई दिँदै आएको छ ।
नेपाल बैंकद्वारा शुक्लाफाँटाका विद्यालयलाई बिना धितो कर्जा
आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
३ कार्तिक, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न