News Portal

  • गरिमा विकास बैंकको पौने ४ लाख कित्ता सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२८ जेठ, २०८०
    १४६ पटक
    २८ जेठ, २०८०

    काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको पौने ४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
    बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरुले ३ लाख ८२ हजार ७९२.७७ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ ।
    बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन दिनुपर्नेछ । बैंकको अनुसार तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले जोकोही सर्वसाधारण लगानीकर्तलाई बिक्री गरिनेछ ।

     

    प्रतिकृया दिनुहोस्