News Portal

  • कामना सेवा विकास बैंक र भ्याली स्टेट कलेजबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०८०
    १५२ पटक
    २६ जेठ, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले चितवन स्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
    बैंकले कर्मचारीहरुको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने तर्फ भ्याली स्टेट कलेजले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत योगदान पुर्याउने बताएको छ ।
    साथै, यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले भ्याली स्टेट कलेजलका विद्यार्थीहरुलाई इन्ट्रनसिप कार्यक्रमको व्यवस्था समेत गर्ने भएको छ ।

     

    प्रतिकृया दिनुहोस्