News Portal

  • ज्योति विकास बैंकले ल्यायो कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने सुविधा

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०८०
    १५६ पटक
    २५ जेठ, २०८०

    काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ ।
    यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्ने बैंकले जनाएको छ ।
    मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।
    बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योति स्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने कार्डलेस विथड्र आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्ने छ ।
    त्यसपछि, ज्योति विकास बैंककै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमा प्राप्त राखि इच्छाइएको रकम झिक्न सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्