News Portal

  • सिद्धार्थ बैंकको सहयोगमा नि:शुल्क पाठेघरको क्यान्सर जाँच शिविर सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०८०
    १२३ पटक
    २४ जेठ, २०८०

    काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा शनिबार नि:शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ ।
    चन्द्रागिरी नगरपालिकाको प्राथमिक अस्पताल थानकोट परिसरमा भएको कार्यक्रममा बैंकसहित नेपाल क्यान्सर केयर फाउण्डेसनको पनि सहकार्य रहेको थियो ।
    पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाहरुको पाठेघर परिक्षण गरिएको बैंकले जानकार दिएको छ ।
    बैंकले देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ११९ शाखा रहित बैंकिङ्ग सेवा, २२० एटिएम मार्फत् ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्