News Portal

  • ईएण्डवाई श्रीलंकाको सहयोगमा एनएफआरएस तालिम सुरु

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०८०
    १२६ पटक
    २४ जेठ, २०८०

    काठमाडौं । डिबान र एसएआर एड्भाइजर्सको आयोजनामा एनएफआरएस तालिम सुरु भएको छ ।
    डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल डिबान र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना तथा ई एण्ड वाई श्रीलंकाको सहयोगमा  ३ दिने ‘एनएफआरएस–९ तालिम’ सुरु भएको हो ।
    तालिम कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विष्रुत थापाले गरेका थिए ।
    डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा इन्ष्टच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष सुनिर ढुंगेल तथा डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका पदाधिकारीहरुको समेत उपस्थिति रहेको एशोसियसनले जनाएको छ ।
    उक्त तालिम ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले दिइरहेका छन् । ३ दिनसम्म चल्ने उक्त तालिममा बिकास बैंकका वित्त, लेखापरिक्षण आदि विभागका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रमको तेस्रो दिन बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
    नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागू भइसकेको छ । एनएफआरएस–९ लागू हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेण्ट बैंकर्स एशोसियसनले यस्तो अग्रसरता लिएको हो ।
    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विष्रुत थापाले डेभलपमेण्ट बैंकर्स एशोसियसनले योजनाबद्धरुपमा आप्mना सदस्य बैंकहरुलाई एनएफआरएस–९ को आवश्यक तयारी गर्न गराउनको लागि विशेष पहल गरेको देख्दा खुशी लागेको बताउदै नियमनकारी निकायको निर्देशनमा मात्र भर पर्नु भन्दा पनि यसरी आफै अग्रसर भइ कार्य गर्दा सबैलाई राम्रो हुने बताए ।
    इन्ष्टिच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष सुनिर ढुंगेलले कार्यक्रमको सफलताको शुभकामना दिदै बिकास बैंकहरुका लागि आवश्यक पर्ने ज्ञान आदान प्रदान गर्न आफुहरु सदैव तत्पर रहेको बताए ।
    डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यस्का लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरु लगाएतले जान्न र बुझ्नु पर्ने बिषय भएकाले सुझाबका र आवश्यक्ताका आधारमा  थप कार्यक्रम गर्दै जाने बताए ।

    प्रतिकृया दिनुहोस्