News Portal

  • बैंक र बीमाहरुमा कोरोना संक्रमण बृद्धिः स्वास्थ्य मन्त्रालय

    आर्थीकसंसार संवाददाता२३ साउन, २०७७
    ६११ पटक
    २३ साउन, २०७७

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैंक, बीमा कम्पनीहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
    उनले बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी कम्पनीहरुमा कोरोना संक्रमितको दर बढ्दै गएको बताए । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ४६४ जनामा नयाँ कोरोना संक्रमित भेटिएको बताए । हालसम्म १५ हजार ८१४ जना निको भइसकेको समेत प्रबक्ता डा. गौतमले जनाए ।
    लकडाउन सुकुलो भएसँगै काठमाडौं बाहिरका बैंकका शाखाहरुमा काम गर्ने कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम बढिरहेको छ । गत साता मात्रै नबिल बैंक र सनराईज बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।
    मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र सर्वसाधारणले आफ्नो ख्याल राम्रोसँग नगरेमा अस्पतालहरुले उपचार गर्न नसक्ने अवस्था आउने डा. गौतमले चेतावनी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्