News Portal

  • नेप्सेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०८०
    ८६ पटक
    १९ जेठ, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर सूचिकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबारपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचिकृत भएको हो ।
    इन्स्योरेन्स कम्पनीको सेयर आइजीआई सिम्बोलबाट सूचिकृत भई कारोबार हुनेछ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
    धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचिकृत भएको हो । इन्स्योरेन्स कम्पनीको सो सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

     

    प्रतिकृया दिनुहोस्