News Portal

  • मेटलाइफ नेपालद्वारा सिकल सेल एनिमिया सचेतना र स्क्रिनिङ परियोजनाका केन्द्रलाई सहयोग

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०८०
    १०५ पटक
    १८ जेठ, २०८०

    काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहमत भएका छन् ।
    यस सम्झौता अन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ ।
    यी कार्यक्रमले रोग, यसको प्रभाव र लक्षणहरूबारे जनचेतना जगाउने उद्देश्य राखेका मेटलाइफले जनाएकाे छ । कार्यक्रकले सम्भावित वाहकहरू पहिचान गर्न र सही उपचार सुरु गर्न मद्दतको लागि समुदायका मानिसहरूलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिने बताइएकाे छ ।
    मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसहरूलाई सकारात्मक रूपमा बाँच्न मद्दत गर्न, थप जोखिमहरू न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रीनिंग, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्ने जनाएकाे छ ।
    दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पुर्याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ ।
    तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरु हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ । यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महसुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुन्छन् ।

     

    प्रतिकृया दिनुहोस्