News Portal

  • हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०८०
    २७५ पटक
    १८ जेठ, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०८० साल जेष्ठ १७ गते बुधबार सम्पन्न भयो । सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ ।
    युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिममालय लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई मिति २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।

    प्रतिकृया दिनुहोस्