News Portal

  • वीरेन्द्रनगरमा सनराइज बैंकको सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ जेठ, २०८०
    १५३ पटक
    १७ जेठ, २०८०

    काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    स्थानीय तहमा सुुहाउदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी बृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य साथ जेष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरुको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

    बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको बैंकले उल्लेख गरेको छ।

    सिपमुलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन बृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा बृद्धि गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्