News Portal

  • कुमारी बैंकले नास आईटीमा आवद्ध कम्पनीलाई कर्जा दिने

    आर्थीकसंसार संवाददाता१७ जेठ, २०८०
    ८९ पटक
    १७ जेठ, २०८०

    काठमाडौं । कुमारी बैंक र सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ (नास आईटी) बीच बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
    सम्झौता अनुसार कुमारी बैंकले आईटी क्षेत्रको विकास र प्रवर्धन गर्न स्थापित नास आईटीमा आवद्ध कम्पनीहरुलाई सरलीकृत कर्जा लगायत अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउने छ ।
    सूचना तथा प्रवधि क्षेत्रसँग आवद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
    सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनका लागि बैंक तथा संघबीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आवद्ध उद्यमी तथा संस्थाहरुमाझ थप उर्जा प्रदान गर्ने विश्वास जनाएको छ । नास आईटी नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ ।
    कुमारी बैंकले हाल ३०२ शाखा सञ्जाल, २९६ एटीएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

     

    प्रतिकृया दिनुहोस्