News Portal

  • सनराइज बैंक र एफवान सफ्टबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    १३०७ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । सनराइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँगको सहकार्यमा चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको जनाएको छ ।
    बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न कात्तिक १ गते देखि मंसिर ५ गतेसम्मको लागि यो योजना ल्याएको हो ।
    यस योजनाअन्तर्गत बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप्समार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानीलगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।
    साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलोपटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १०० रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्थासमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्