News Portal

  • गुडविल फाइनान्सका शेयरधनीको हात खाली

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०८०
    २०३ पटक
    १६ जेठ, २०८०

    काठमाडौं । गुडविल फाइनान्सले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको वित्तीय विवरण स्वीकृतको लागि राष्ट्र बैंकमा पेश गरेको कम्पनीले जनाएको छ ।
    कम्पनीले वित्तीय विवरणहरु वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण तथा राष्ट्र बैंकको निर्देशन अनुसार सम्पूर्ण अनुसूचीहरु, कर्जा नोक्सानी व्यवस्थाको विवरण समेत स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको कम्पनीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्