News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले पिओएसको माध्यमवाट भुक्तानी सेवा

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    १२३७ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै एवम् तिहारलगायतका पर्वलाई मध्यनजर गर्दै कात्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत पिओएसको माध्यमवाट भुक्तानी सेवा सुरु गरेको छ ।
    विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि सो सेवा सुरु गरिएको बाणिज्य बैंकले जनाएको छ । अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै पिओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने समेत बैंकले जनाएका छ ।
    विश्वव्यापी रुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्