News Portal

  • वित्तीय क्षेत्रका नियामक निकायको क्षमता बढाउने, वित्तीय कानुनलाई समसामयिक बनाउने

    आर्थीकसंसार संवाददाता१५ जेठ, २०८०
    ७८ पटक
    १५ जेठ, २०८०

    काठमाडौं । सरकारले वित्तीय क्षेत्रका नियामक निकायको क्षमता बढाउने भएको छ । सहरउन्मुख बजार र वित्तीय क्षेत्रको पहुँच नपुगेको क्षेत्रमा पहुँच विस्तार गरिने भएको छ । अनलाइन बैंकिङ मोबाइल बैंकिङ लगायतका नयाँ प्रविधि मार्फत वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने भएको छ ।
    साना किसान घरेलु तथा उद्योग स्टार्ट अप व्यवसायीलाई सहज वित्तीय पहुँच पुर्यानेछ । वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । वित्तीय क्षेत्रलाई नियमन प्रणालीलाई सुदृढ बनाउन नेपाल राष्ट्र बैंक ऐन बैंक वित्तीय संस्था सम्बन्धी ऐन लगायतको वित्तीय क्षेत्र सम्बन्धित कानुनमा समय समसामयिक बनाउन एवं सुधार गराउन परिमार्जन गरिनेछ ।
    दोस्रो वित्तीय क्षेत्र रणनीति कार्यक्रम ल्याउनेछ । समावेशी वित्तीय क्षेत्रको अवधारण ल्याइने । सरकारी स्वामित्वका बैंक वित्तीय क्षेत्रलाई पुनर्संरचना गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस्