News Portal

  • बिर्तामोडमा हिमालयन लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८०
    २३१ पटक
    १४ जेठ, २०८०

    बिर्तामोड । यूनियन, गुराँस र प्राइम लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो पटक झापाको बिर्तामोडमा अभिकर्ता जागरण कार्यक्रम आयोजना गरेको छ । आइतबार विहान कम्पनीले प्रमुख लिडरहरुको उपस्थितीमा जागरण कार्यक्रम सम्पन्न गरेको हो ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले क्रियाशिल अभिकर्ताका लिडरहरुलाई प्रशिक्षण दिएका थिए । नेपाल कै ठूलो मर्जरपश्चात अभिकर्ताहरुसँग चिनजानका साथै नयाँ उचाईमा जान कम्पनीको तर्फबाट जागरण कार्यक्रम राखिएको सिइओ कर्णले जानकारी दिए । बीमा व्यवसाय एक पुण्यको काम भएको भन्दै अभिकर्ताहरुलाई सक्रियतापूर्वक काम गर्न र बिमितको सुरक्षा र बचतको पाटोलाई महत्वका साथ शिक्षाको रुपमा समाजमा फैल्याउन सिइओ कर्णले आग्रह गरे ।
    बीमा अभिकर्ताहरु क्रियाशिल, मेहनती र इमान्दार हुने भन्दै उनीहरुको त्यो गुण समाजका अन्य क्षेत्रमा समेत काम लाग्ने बताए । ऐतिहासिक मर्जर सफल बनाउँदै हिमालयनको सिइओ नियुक्त भएकोमा अभिकर्ताहरुले कर्णलाई बधाई तथा शुभकामना दिएका थिए ।
    मर्जर पश्चात बनेको हिमालयन लाईफ विभिन्न सूचकहरुमा नेपालको ठूलो कम्पनी भएको भन्दै अभिकर्ताहरुलाई हौसला दिएका थिए । कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख भुपराज पराजुली, उपप्रमुख नविन मिश्रलगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारी र अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्