News Portal

  • युनाइटेड अजोडको लोगो तयार, मर्जर पछि नयाँ ब्राण्डिङ गर्दै

    आर्थीकसंसार संवाददाता१० जेठ, २०८०
    २१६ पटक
    १० जेठ, २०८०

    काठमाडौं । एकिकृत कारोबारको अन्तिम तयारीमा रहेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले नयाँ लोगो तयार पारेका छन् । अजोड र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्जर भएर बन्ने युनाइटेड अजोडले यहि जेठ १४ गतेदेखि एकिकृत कारोबारको शुभारम्भ गर्दै छन् । लोगोमा अंग्रेजीबाट ‘UNITED AJOD’ लेखिएको छ । लोगोमै नाराको रुपमा युनाइटेड बाइ ट्रष्ट भनिएको छ ।
    अजोड र युनाइटेडको लोगोमा भएका विषयवस्तुलाई झल्काउन खोजिएको छैन । कम्पनीले आफ्नो लोगो एकिकृत कारोबारको शुभारम्भकै दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । पुरानो लोगो भन्दा पनि नयाँ लोगो मार्फत आफ्नो छबी बनाउने यारीमा दुई कम्पनी रहेका छन् ।
    मर्जरको संझौता भएको छोटो समयमै मर्जर प्रकृयाँ टुङ्ग्याएर एकिकृत कारोबार गर्ने अवस्थामा पुगेका हुन् । दुई कम्पनी विच १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्