News Portal

  • एनएमबी बैंकका ग्राहकहरुले सामसङ्ग मोबाइल खरिदमा छुट पाउने

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    १०७७ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ्ग मोबाइल किन्दा १० प्रतिशतसम्म वा एक हजारसम्म नगद फिर्ता पाउने भएका छन् । जसको लागि एनएमबी बैंक र आईएमएसबीच बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षीय समझदारी भएको हो ।
    समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख (रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक)सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेका छन्. । यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्य साथ आईएमएसले यो अभियान सुरू गरेको हो ।
    एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महा अफरअन्तर्गत ग्राहकले सामसङ्ग मोबाईलको प्रत्येक खरीदमा १० प्रतिशतसम्म छुट वा एक हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् ।
    एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्