News Portal

  • आइजीआई प्रुडेन्सियलका नवनियुक्त सीईओ श्रेष्ठले लिए शपथ

    आर्थीकसंसार संवाददाता९ जेठ, २०८०
    १७३ पटक
    ९ जेठ, २०८०

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले शपथ लिएका छन् । नवनियुक्त सीईओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ लिएका हुन् ।
    साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज पछि बनेको सञ्चालक समितिको बैठकले नयाँ कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने सिफारिस गरेको थियो । जुन सिफारिसलाई नेपाल बीमा प्राधिकरण जेठ ५ गते स्वीकृति दियो । त्यसपछि जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकमा उनले नयाँ नयाँ कम्पनीको सीईओको रुपमा शपथ लिए ।
    नवनियुक्त सीईओ श्रेष्ठ करिब तीन दशकदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा साविकको आईएमई जनरल इन्स्योरेन्सले प्रिमियम लगायत विभिन्न शीर्षकमा फड्को मारेको थियो ।
    श्रेष्ठ साविकको आईएमई जनरल इन्स्योरेन्सका सीईओ समेत हुन् । तत्कालिन एनबी इन्स्योरेन्स समस्याग्रस्त हुँदा आइएमई समूहले उक्त इन्स्योरेन्सको सेयर किनेको थियो । त्यतिबेला श्रेष्ठ कम्पनीको कायम मुकायम सीईओको रुपमा इन्स्योरेन्समा आवद्ध भएका थिए ।

     

    प्रतिकृया दिनुहोस्