News Portal

  • माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०७७
    ११४८ पटक
    १ कार्तिक, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते हुने भनिएको २२औं वार्षिक साधारणसभा स्थगित भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त सभा हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
    कोभिड–१९ कहरको संक्रमणमा भइरहेको बृद्धि तथा आसन्न चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई ध्यानमा राखी बैंकले उक्त साधारणसभा हाललाई स्थगित गर्ने निर्णय गरिएको हो । बैंकको २२औं साधारणसभा कात्तिक ६ गते बिहीबारका दिन होटेल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्कीमा गर्ने तय भएको थियो ।
    साथै, बैंकको पछि बस्ने २२औं वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी हाललाई २४ करोड १० लाख ८० हजार रुपैयाँ (अर्थात चुक्ता पुँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि बैंकले गरेको छ । उक्त साधारणसभा स्थगित हुँदा कोभिड–१९ कहरको कारण सेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवम् आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकले उक्त निर्णय गरेको हो ।
    बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ३.३७ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) र ७.०३ प्रतिशत बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    प्रतिकृया दिनुहोस्