News Portal

  • सुपर बाइकको शान बढाउँदै होण्डा सिबिआर ६ सय आरआर

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १२४९ पटक
    ३० असोज, २०७७

    काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिबिआर ६ सय आर आरलाई नेपाली बजारमा भित्राएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स र फिचरहरुले सबैलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ ।
    यस बाइकमा ४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६ सय आरआरमा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ । ६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० किमि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ । ६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० किमि प्रति घण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४,५०,००० निधारण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्