News Portal

  • सेञ्चुरी बैंकको कार्डमार्फत अनलाईनबाट सामान खरिद

    आर्थीकसंसार संवाददाता२३ साउन, २०७७
    ४८४ पटक
    २३ साउन, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कार्डको प्रयोगबाट अनलाईनमार्फत सामान खरिद गर्न सकिने ब्यबस्था गरेको छ । बैंकले भारतको जेलियन्ट टेक्नोलोजीसँगको सहकार्यमा थ्री डि सेक्योर नामबाट यो सेवा सुरु गरेको बैंकले जनाएको छ ।
    बैँकको भिसा डेबिट क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्नुका साथै विभिन्न अनलाइनका माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद सकिने बैंकले जनाएको छ । उक्त सेवाको प्रयोग गर्नको लागि ग्राहकले कार्ड प्रयोग गर्दा एक पटकको लागि मात्र प्रयोग हुने पासवर्ड उपलब्ध हुने बैंकले मिलाएको छ ।

    प्रतिकृया दिनुहोस्