News Portal

  • एनआईसी बैंक र सिजी मोटोकर्पबीच सम्झौता

    आर्थिकसंसार संवाददाता२३ साउन, २०७७
    ४८२ पटक
    २३ साउन, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंक र सिजी मोटोकर्प प्रालिबीच वित्तीय साझेदारीका लागि समझदारी भएको छ ।
    समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीका महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरेका छन् ।
    उक्त ब्राण्डका चारपाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्प प्रालिले बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्प प्रालिका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ ।
    सुजुकी ब्राण्डका सवारी किन्दा बैंकको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरूसहितको कर्जा उपलब्ध गराउने भएको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यावसायिक प्रयोजनको लागि सवारी किन्न चाहनेहरुका लागि भएको बैंकले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
    बैंकले चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको पनि जानकारी दिएको छ ।
    सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ ।
    बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र सिजी मोटोकर्प प्रालिबीच भएको विज्ञप्तिमा छ । यो सुविधा सिजी मोटोकर्प प्रालिका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट लिन सकिने समझदारीपत्रमा उल्लेख छ । यससँगै सवारी धितो राखेमा ८ वर्षसम्म र सवारी तथा रियल इस्टेट दुवै धितो राखेमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्