News Portal

  • नवनियुक्त अर्थमन्त्री पौडेलसहित तीन मन्त्रीद्वारा शपथ

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    ११५७ पटक
    २९ असोज, २०७७

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसहितका तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।
    शपथ ग्रहणपछि तीनैजना मन्त्रीहरुले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० करोड डलर ऋण लिनेसम्बन्धी एक फाईलमा हस्ताक्षर गरेका छन् । पौडेले पाँच वर्षपछि अर्थमन्त्रालयमा प्रवेश गरेका हुन् । यसअघि २०७२ सालमा नौ महिना अर्थमन्त्री बनेका थिए ।

     

    प्रतिकृया दिनुहोस्