News Portal

  • सेन्चुरी रेमिट युएईको दशैं तिहार योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    १५९४ पटक
    २९ असोज, २०७७

    युएई । सेन्चुरी बैंक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशैं–तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनै पनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् ।
    योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ । योजनमा सहभागीमध्येबाट बजेताले ६ वटा स्मार्ट फोन र ४ वटा फिल्पिस ब्राण्डको ३२ इन्चको एलइडी टेलिभिजन उपहार पाउने सेन्चुरी रेमिट युएईका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
    सेन्चुरी रेमिटले विभिन्न समयमा ग्राहक लक्षित योजना ल्याउँदै आएको छ । वैदेशिक रोजगारीमा कमाएको पैसालाई वैधानिक र विश्वासिलो माध्यबाट स्वदेशमा पठाउन सेन्चुरी रेमिटले साथ दिँदै आएको पौडेलले बताए ।

    प्रतिकृया दिनुहोस्