News Portal

  • एनआईसीका ग्राहकले डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    १३१७ पटक
    २९ असोज, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवम् छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो ।
    यस योजना अनुसार बैंकका ग्राहकले कार्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता लिन सक्नेछन् ।
    यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग (मोबैंक) तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्