काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने प्रस्ताव पारित भएको छ । असोज २८ गते बसेको बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० को स्वाप अनुपातमा प्राप्ति गर्ने भएको छ । अर्थात सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर बापत इन्भेष्टमेण्ट बैंकको ३० कित्ता सेयर पाइने भएको छ । ‘ग’ वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्सको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । उक्त गाभ्ने प्रक्रिया सम्पन्न भएपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । त्यस्तै, प्रवद्र्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुने कम्पनीले जनाएको छ ।
इन्भेष्टमेण्ट बैंकले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरूबाट ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ ।
इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ती गर्ने प्रस्ताव पारित
आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
२९ असोज, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता