News Portal

  • अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

    आर्थीकसंसार संवाददाता२८ असोज, २०७७
    १४२८ पटक
    २८ असोज, २०७७

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिएका छन् । डा.युवराज खतिवडा अर्थमन्त्रीबाट हटेपछि प्रधानमन्त्री ओली आफैंले सो मन्त्रालय सम्हालिरहेका थिए । प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिएका छन् । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल नै अर्थमन्त्री भएका थिए । त्यसबेला पौडेल तत्कालीन एमालेको उपमहासचिव थिए । अहिले पौडेल नेकपाको महासचिव छन् ।
    त्यसैगरी बुधबार भएको मन्त्रीपरिषद् पुनर्गठनमा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको कार्यभार सम्हालेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने जिम्मेवारी तोकिएको छ । त्यसैगरी रिक्त रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी भने पार्वत गुरुङलाई तोकिएको छ । गुरुङले सम्हाल्दै आएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठलाई तोकिएको छ । मन्त्रिपरिषदमा शहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्ण गोपाल श्रेष्ठलाई दिइएको छ ।

    प्रतिकृया दिनुहोस्